प्रचण्ड र आरजु देउवा बीच दिल्लीमा भेटवार्ता

शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो ।

शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवा बिच भेटवार्ता भएको थियो । प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search