प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।
शुक्रबार संसदमा भएको मतदानमा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनाईएकी नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत ल्याएर विजयी भएकी हुन् ।
२०७६ माघ ६ गते उपसभामुखबाट डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म उक्त पद खाली थियो ।
एमालेले विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । भट्टराई ९३ मत ल्याएर पराजित भईन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।
Post Views: 416