कावासोती १७ बरौलीटार निवासि २७ बर्सिय तुलसी चौधरीको ब्रेन टुमरका कारण निधन भए पछि एक्ली एकि ४ बर्सिय छोरी सुरेखा चौधरी लाई युवा संघ नेपालका कावासोती १७ वडा अध्यक्ष तथा राम्जी इन्जिनियरिङ वर्क सबका प्रो. कमल प्रसाद पौडेलले अभिभावकतत्व ग्रहण गर्दै कक्षा १० सम्मको शैक्षिक खर्च बेहोर्ने हुनु भएको छ । आज कावासोती १७ स्थित मृतक तुलसी चौधरीको ९ पुन्य तिथीमा आयोजना गरिएको शोक सभामा बोल्दै अभिभावकतत्व ग्रहण हर्नु भएको हो शोक सभा वडा कमिटीका अध्यक्ष राम चन्द्र श्रेष्ठको अध्यक्षतामा र जिल्ला कमिटी सदस्य तथा वदा सह इन्चार्ज निर्मला ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको थियो कार्यक्रममा जिल्ला कमिटी सदस्य गिता बि क सबिना अधिकारी ने.क .पा.एमाले नगर कमिटी अध्यक्ष राम कृष्ण ढुङ्गाना लगायत नगर सदस्य स्थानीय बुद्धि जिवि आफन्त छर छिमेकको उपस्थिति रहेको थियोे कार्य कार्यक्रम बोन्दै प्रमुख अतिथि ढुङ्गानाले सुखदुःख एमाले लाई सम्झिन आग्रह समेत गर्नु भएको छ ।कार्यक्रम को सहजीकरण वडा सचिब प्रेम राज ढुङ्गाना गर्नु भएको थियोे ।
