विप्लव निकट विद्यार्थी संगठनद्वारा शुल्क वृद्धि खारेज गर्न माग

नेत्र विक्रम चन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चितवनले प्यावसनले शूल्क वृद्धि गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला ईन्चार्ज सुदिप पौडेलले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै वृद्धि भएको शुल्क तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

शूल्क वृद्धि ७२ घण्टाभित्र खारेज गर्न जोडदार माग गरिएको छ । प्यावसन चितवनले असार २७ गते विज्ञप्ति जारी गर्दै ४० प्रतिशत शुल्क वृद्धि गरेकाले अभिभावक तथा विद्यार्थीलाई आहत नतुल्याउन आग्रह गरिएको छ ।
शुल्क वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । शिक्षामा भएको नीजिकरण, व्यापारिकरण र माफियाकरण भएको संगठनले आरोप समेत लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search