सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजेलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।
बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सन्चालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । कहाँ जान कति लाग्छ त यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।