मोबाइल अफ गरेर अनिश्चित समयका लागि बिदामा बसे अर्थसचिव, भन्छन जनार्दन जहिलेसम्म रहन्छन तवसम्म फर्किन्न

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

अर्थ मन्त्रायका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर निश्चित घरानालाई ब्यापारिक लाभ दिलाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मा विवादित बनिरहेकै बेला सचिव मरासिनी बिदामा बसेका हुन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी गराएको बताईएको छ । प्रधानमन्त्रीसँगको भेटमा अर्थसचिव मरासिनीले जनार्दन शर्मा मन्त्रीका रुपमा रहुन्जेल आफू मन्त्रालय नफर्किने जनाएको स्रोतले बताएको छ ।

यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा मरासिनीको फोन अफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...