कुनैपनी हालतमा म राजिनामा दिन्न : अर्थमन्त्री शर्मा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।

पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ। तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।

संक्षिप्त कुराकानीमा उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज विहान बसेको सचिवालय बैठकमा समेत अर्थमन्त्री शर्माले राजीनामा दिन नपर्ने कुरा उठेको थियो ।

कांग्रेसकै सांसद गगनकुमार थापाले अर्थमन्त्रीको राजीनामा मागेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने अर्थमन्त्री हटाउने पक्षमा छैनन् ।

उनीहरुले एमालेले भन्दैमा अर्थमन्त्रीले किन राजीनामा दिनुपर्ने भन्दै आफ्नो काममा केन्द्रित हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...