सप्तगण्डकी क्याम्पसमा विद्यार्थीले जलाए क्याम्पस प्रमुखको कुर्सी

चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापकमाथी भएको दुव्यवहारको विरोधमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्नुका साथै प्रदर्शन गरेका छन् ।

प्राध्यापकमाथी आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी का विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगो लगाएका छन् । कार्यकक्षबाट बाहिर ल्याई कुर्सीमा आगजनी गर्नुका साथै उनीहरुले क्याम्पस प्रमुख मणिराज महतोको राजीनामा माग गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी का संयोजक प्रकाश देवकोटाले दोषिलाई कडा कारबाहीको माग गरेका छन् ।युवा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरेले क्याम्पसका विज्ञान विषयका प्राध्यापक श्रीराजु उपाध्याय, शिक्षिकाहरु लक्ष्मि पोखरेल, गंगा भट्टराईमाथि हातपात एवं दुव्यवहार गरेको आरोप लगाउँदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search