गाडीको ठक्करबाट एक युवकको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

मलङ्गवा,१७ असार। पुर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो । घाइते युवकलाई तत्कालै नमूना अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...