चितवनमा चोरी गरेको मोटरसाइकल खरिद–बिक्रीमा संलग्न ६ जना पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन – चितवनमा चोरी गरेको मोटरसाइकल खरिद–बिक्रीमा संलग्न ६ जना पक्राउ परेका छन् । चितवनको विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने समूह लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा चितवन प्रहरीबाट खटिएको विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ६ युवालाई पक्राउ गरेको हो ।

प्रहरीले भरतपुर–१६ घर भई हाल भरतपुर–११ बस्ने २२ वर्षीय संकल्प पनेरु र बाग्लुङको जैमिनी–८ घर भई भरतपुर–११ बस्ने २४ वर्षीय जीवन पौडेललाई निजहरुको डेरामा चोरी गरी ल्याएको ना ५६ प ७६४६ नम्बर लगाइएको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बर भएकोलाई परिवर्तन गरी बा.प्र.०३ ००१ प ८९५ को नम्बर प्लेट लगाइएको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

ति दुई जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा असार १२ गते पुरानो मेडिकल कलेजअगाडिबाट चोरी गरेको क्रसफायर मोटरसाइकल माडी–९ बस्ने ३१ वर्षीय विजय दुरालाई ६० हजारमा बिक्री गर्न लागेको खुलेकोले निज दुरालाई ३६ हजारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनिहरुले यही असार ९ गते भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०३–००१ प २८८८ नम्बर परिवर्तन गरी नम्बर प्लेट लगाइएको बुलेट मोटरसाइकल भरतपुर–२४ का २५ वर्षीय जनमराज पुरी र मकवानपुरको मनहरी–३ घर भई भरतपुर–२४ बस्ने २१ वर्षीय सुशील पुरीलाई बिक्री गरेको पाइएको छ । खरिद गरेको बुलेट मोटरसाइकलसहित निज जनमराज पुरी र सुशील पुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले जेठ ३ गते भरतपुर–२, क्षेत्रपुरस्थितबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटरको खोजतलास गर्ने क्रममा स्कुटरको नम्बर परिवर्तन गरी प्रदेश २–०११–००२ प ६०२५ नम्बर लगाई स्कुटरको रङ्गसमेत परिवर्तन गरिएको अवस्थामा बाराको पर्सौनी गाउँपालिका–१ घर भई भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई पक्राउ गरेको छ ।

यस्तै, असार १४ गते बेलुकी ८ः३० बजेको समयमा प्राप्त सूचनाको आधारमा भरतपुर–५ स्थित मोटरसाइकल चोरी गरी ल्याएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चोरी गरी ल्याएको प्रदेश २–०३–००१ प ४०५६ नम्बर लगाइएको मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरी गर्ने व्यक्ति भने फरार भएकाले निजको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...