नारायणगढ – बुटवल सडक सञ्चालनमा

पूर्वि नवलपरासीको अरुणखोला दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि राजमार्ग ठप्प बनेको थियो ।

नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक बिहिबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राम नारायण गुप्ताले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search