देवचुलीमा राष्ट्रिय धान दिवस सम्पन्न, कृषिमा ढुक्कले लगानी गर्नुहोस – उपप्रमुख तिवारी

असार १५, देवचुली । देवचुलीमा १९ औ राष्ट्रिय धान दिवस सम्पन्न गरिएको छ । धान रोपौ खाद्यान्नमा आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ आज असार १५ गते दहि चिउरा खाएर, हिलोमा धान रोपेर धान दिवस मनाईएको छ । देवचुली १७ पिप्रहरमा रहेको नारायणी तरकारी बालि कृषक समुह र देवचुली नगरपालिका कृषि विकास समुहको आयोजना साथै रजहर जेसिज, देवचुली जेसिज लायन्स क्लव अफ रजहर र बरचुली मा.बि भेटेरीनेरी रजहरको सम्वन्नयमा देवचुली नगरपालिकाको वडा नम्बर १७ मा धान दिवस सम्पन्न भएको छ ।

नारायणी तरकारी तथा बालि उत्पादन कृषक समूहको अध्यक्ष दिपा तिमिल्सिनाको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख आथितिमा संबिधान सभा सदस्य कृष्ण पौडेल साथै बिशिस्ट अतिथिमा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने, बिशेष अतिथिमा देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारी रहेकी थिइन् ।

देवचुली ४ र १३ का वडाध्यक्षहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका पौडेलले आज सम्म कृषि क्षेत्रमा रहेर आफ्नो लागि मात्र उब्जनी गरियो अब समग्र नगरबासी साथै देशभरी नै कृषि क्षेत्रमा अझै चिनाउदै लानुपर्ने बताउनु भयो । साथै कृषि क्षेत्रमा लागेर काम गर्ने कृषकहरुले आफुले उब्जाएको बालिले बजार नपाउदा समेत समस्यामा परेकाले त्यसको ब्यबस्थापन गर्नु पर्ने भन्दै नगरप्रमुखलाइ आग्रह समेत गर्नुभएको थियो ।

 

कार्यक्रममा बोल्दै नगर उपप्रमुख तिवारीले सबैजना मिलेर कृषि क्षेत्रलाई हातेमेलो गर्दै कृषिमा लगानी गर्न सकियो भने अवश्य सफल भईने बताउनु भएको थियो । उक्त कार्यक्रममा रिले दौड प्रतियोगिता , रोपाई कार्यक्रम कार्यक्रम गर्दै हिलो छ्यापाछ्याप गरि रमाईलो गरिएको थियो। कार्यक्रममा हिलो दौड र रोपाई खेलमा प्रथम हुनेलाई बरचुली मा.बि प्राबिधिक धारले पुरस्कारको सौजन्य समेत गरेको थियो । कार्यक्रमको सहजीकरण रजहर जेसिजका महासचिव जे सी प्रदिप अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search