दुई ठाउको डाईभर्सन बगाएसँगै नारायणगढ बुटवल सडक अवरुद्द

असार १५, नवलपुर । नारायणगढ बुटवल सडकखन्ड अवरुद्ध भएको छ । गत राति देखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । नवलपुरको मध्यविन्दु १० मा रहेको ठूलो खहरे र सानो खहरेमा पुल निर्माणका लागि बनाईएको २ वटा डाईभर्सन र विनयी त्रिवेणीको खहरे खोलाको डाईभर्सन बगाएपछि महेन्द्र राजमार्ग अवरुद्ध छ । अहिले २ तर्फी नै बाटो अवरुद्ध छ र खुलाउने प्रयास भैरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search