चितवनमा निउरो टिप्न जाँदा खोलाले बगाएर एक महिलाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन। चितवनमा निउरो टिप्न गएकी एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका १४ माधवपुर घर भई हाल खैरहनी नगरपालिका १ साहीचोक बस्ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजाल रहेकी छन् । आज (मंगलबार) दिउँसो ३:१५ बजे खैरहनी ६ तुलसीपुरस्थित लदरी खोलामा निउरो टिप्न जाने क्रममा उनलाई खोलाले बगाएको थियो ।

डिलबाट चिपिएर लडेपछि उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको उद्धार टोलीले ३:४५ बजे उनको शव फेला पारेको थियो । शव घटनास्थलबाट १० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...