गैंडाकोट । नारायणगढ – बुटवल पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट ९ थुम्सीमा निर्माणाधीन सडक अविरल बर्षाकाकारण हिलाम्मे हुँदै यात्रा जोखिमपूर्ण बनेको छ ।
नव निर्मित पुलबाट यातायात सुचारु गरिएपनि सडक हिलाम्मे भएका कारण सडक अवरुद्ध हुने र खुल्ने क्रम चलिरहेको छ । रातभर परेको पानीले बनेको डाईभर्सन हिलाम्मे भएका कारण भारी सवारी साधन फस्ने गरेको छ यद्यपी अहिले सडक सुचारु रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अहिले पनि म फिल्डमा नै छु । सडकमा यातायात सुचारु छ । भारी सवारी साधन फस्ने गरेको छ । फस्ने खुल्ने क्रम जारी छ हामीले यातायात सुचारु गराउने प्रयास गरिरहेका छौं।”
सडकका कारण गैंडाकोटको थुम्सी खण्डमा दुवैतर्फ सवारी साधनको जाम देखिन्छ ।
Post Views: 857