पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

असार १४,बुटवल । पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।

ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तरगत नवलपरासीको अरुणखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search