चितवनमा हतियार प्रयोग गरी छोराबाट आमाको हत्या

चितवन,असार १३।चितवनको माडी नगरपालिकामा छोराले खुर्पा प्रयोग गरि आमाको हत्या गरेका छन्। आज (सोमबार) दिउँसो सवा तीन बजे माडी नगरपालिका ६ स्याउलिवासका अर्जुन तामाङले ५५ वर्षकी आमा देवी तामाङको हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, घरदेखि सय मिटरको दुरीमा पर्ने आफ्नै मकै बारीमा ३७ वर्षका तामाङले पछाडीबाट खुर्पा प्रयोग गरि हत्या गरेका थिए।अहिले इलाका प्रहरी कार्यालय माडीले तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिए। शव तथा घटना स्थलको थप अनुसंधान भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search