राजन बि.क, देवचुली । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपुरले अनियमित विद्धुत कटौतीको विरोध गर्दै आज विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ कावासोतीबाट वितरण हुने विद्युत प्रवाह सम्बन्धमा नवलपुर निवासी सेवाग्राहीलाई विना जानकारी न हावाहुरी, न पानी, न चट्याङ परेको अवस्थामा पनि बारम्बार लाईन काटेर जनतालाई सास्ती दिने काम गरेको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न माग गरिएको छ ।
बारम्बार लाईन काट्नुको कारण सहित सेवाग्राहीलाई तत्काल कारण जानकारी दिन पनि अनुरोध गर्दै लाईन काट्नु विद्युत प्राधिकरणको वाध्यता हो भने तत्काल लोडसेडिङ तालिका सार्वजनिक गर्न पनि आग्रह गरिएको छ। आफूहरुको माग यथाशिघ्र सुनुवाई गर्न आग्रह गर्दै यसलाई नजरअन्दाज गरेमा त्यसवापत उत्पन्न हुने जुनसुकै अवस्थाको भागिदार विद्युत प्राधिकरण कावासोती शाखा आफै रहने पनि चेतावनी दिइएको छ।
संघका जिल्ला संयोजक कृष्ण कडेंलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र आज कमर्यालय प्रमुखलाई बुझाइएको छ । जनताको दैनिक जनजिविकालाई असहज गराउने प्रपन्चको खेल सुरु हुनासाथ राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आफुलाई अग्र मोर्चामा शतिसालजस्तै अटल रुपमा आफूलाई उभ्याएको भन्दै जनतालाई मार पर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गरिएको छ ।