चितवनमा सवारी दुर्घटनामा परी १२७ जनाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन – चितवनमा सवारी साधन दुर्घटनामा परी एक सय २७ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लाभर भएको दुर्घटनामा एक सय २७ जनाले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार ज्यान गुमाउने मध्य ६८ जना पुरुष रहेका छन् । यस्तै सोही अवधिमा २१ महिला र ३८ जना बालबालिकाको मृत्यु भएको ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

ट्राफिक प्रहरीका अनुसार सबै भन्दा धेरै असोजमा २० जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । चालु आवको साउनमा दुर्घटनामा परी ११ जनाको मृत्यु भएको थियो भदौमा ७ जनाको ज्यान गएको थियो । यस्तै असोजमा २०, कार्तिकमा १०, मंसिरमा १२, पौषमा ११ र माघमा १२ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको तथ्याङ्क छ । यस्तै फागुनमा १३, चैतमा १६, बैशाखमा ८ र जेठमा १० जनाको मृत्यु भएको थियो ।

सोही अवधिमा दुर्घटनामा आठ सय ४७ जना घाईते भएका छन् । यस अघि गत आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटनामा परी एक सय २८ जनाको मृत्यु भएको थियो भने दुई सय ९० जना गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...