शनिबार राती परेको वर्षाका कारण रुकुमका बिभिन्न ठाउँमा सडक अवरुद्ध

मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ मा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार बेलुका परेको ठुलो वर्षाको कारण रानीकोटमा पहिरो खसेको हो ।

अहिले उक्त सडकखण्डमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै फलामेगौडा–पिपल–पोखरा खडकखण्ड अन्तरगत पुमा खोलामा पानीको वहाव बढ्दा सवारी साधन चल्न सकेका छनन् । विहान रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ३ बाट खंलगा आउने गाडी बाँफिकोट गाउँपालिका–१ पालाकोटमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search