दोलखामा निर्माणाधीन पुल भत्कियो

दोलखाको बिगु गाउँपालिका – ४ मा निर्माणाधीन पुल भत्किएको छ । बाढीले क्षति पुर्‍याए पछि निर्माणाधीन झोरुङ्ग खोला पुल भत्किएको हो ।

बाढीले पुलमुनिको ग्याबिन भासिँदा ग्याबिनमा राखिएका टेका ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन्। शुक्रबार रातिको बाढीले पुलमा क्षति पुर्‍याएको बताइएको छ।

सिँगटी हाइड्रोको ८० र बिगु गाउँपालिकाको २० प्रतिशत संयुक्त बजेट लगानीमा पुल निर्माणाधीन थियो। दुई करोड १६ लाख बजेटमा त्रिवेणी शेर्पा लाहा जेभीले यो पुल निर्माणको ठेक्क लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search