नवलपुर । नारायणी नदीमा वेपत्ता भरतपुर मिलनचोकका २२ वर्षिय विनित घिमिरेको शव फेला परेको छ ।
बिहीबार बिहान ९:५० बजे भरतपुर ४ शिवघाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका उनको शव शनिबार साँझ अबेर फेला परेको हो । तीनदिनपछि उनको शव विनयी त्रिबेणी गाउँपालिका ७ त्रिबेणी धाम नजिक फेला परेको चितवन प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटीएको टोलीले मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । उनीसँगै गएका साथिले टिकटक बनाउने क्रममा नदीमा वेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
परिवारजन, स्थानीय, वडा प्रहरी कार्यालय नारायणगढ र विपद् व्यबस्थापन सहितको टोलीले खोजीकार्य जारी राखेका थिए।
Post Views: 475