गृहमन्त्री खाँणले काठमाडौंमा देखिएको हैजाबारे स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग लिए जानकारी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

गृहमन्त्री खाँणले काठमाडौंमा देखिएको हैजाबारे स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग जानकारी लिएका छन।
गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं लगायतका स्थानमा देखापरेको कलेरा (हैजा) बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

गृहमन्त्री खाँणले शनिवार बिहान स्वास्थ्य सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डा. आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसँग केही दिनदेखि देखापरेको कलेराको अवस्था र रोकथाम गर्न के गर्नुपर्छ भनेर छलफल गरेका हुन् ।
उनले खानेपानीको अवस्था ठीक नभएमा पानीको परीक्षण कसरी गर्ने, त्यसका लागि तयारी के छ भनेर जानकारी लिए । संक्रमित बिरामीको उपचारबारे पनि उनले जानकारी लिएका थिए ।

सशस्त्र प्रहरी अस्पतालका प्रमुख डा. महर्जनले कलेराको अहिलेको अवस्था र रोकथामबारे भएका तयारीबारे गृहमन्त्री खाँणले जानकारी लिएको बताए ।
गृहमन्त्री खाँणले अवस्था जटिल बन्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकले पनि कलेराको रोकथाम र नियन्त्रणमा खटिनुपर्ने अवस्था आउन सक्ने भन्दै गृहमन्त्री खाँणले त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा खानेपानीको अवस्थाबारे जानकारी लिँदै जवानहरूलाई कलेराले प्रभावित पार्न नदिन विशेष ध्यान दिन पनि निर्देशन दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कलेरा प्रभावित क्षेत्रको अवलोकन गरी स्थानीयमा कलेरा फैलने अवस्था कस्तो छ, रोकथामका लागि के–के उपाय अपनाइएको छ, त्यसबारे जानकारी लिन भनेका छन् ।
प्रहरी अस्पतालका प्रमुख डा. सिंहले कलेराको अवस्था र अस्पतालको तयारीबारे गृहमन्त्रीले जानकारी लिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...