चितवन – नारायणी नदीमा डुबेर एक युवा तीन दिनदेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका १२ मिलनचोकका २२ वर्षीय विनित घिमिरे रहेका छन् । बिहीबार बिहान ९:५० बजे भरतपुर ४ शिवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।
सँगै गएकी साथीले घटना बारे प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला गर्न नसकेको प्रहरीले जनाएको छ ।
Post Views: 418