चितवन । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत थप दुईवटा पुलहरु सञ्चालनमा आएका छन् । हुलाकी बाटोमा रहेको चितई खोला र रौतनी खोलामा नवनिर्मित पुलबाट सानाठूला सवारी साधनहरु आवतजावत सुरु भएको हो । दुबै पुलमाथि र पुलको दुबैपट्टी फिलिङ गरेको भागमा कालोपत्रे गर्ने काम भने बाँकी छ । यसअघि हुलाकी सडक अन्तरगत रिमाल र परुई खोलामा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । अझैपनि बगहीँ, घाँघर, टुनामुना, पतरे, भालु, बाँदरमुढे, मगोई र रिउ (सिरानको) खोलामा पुल निर्माण पुरा भएको छैन । संघीय सरकारको करीब ८२ करोड रुपैंया लागतमा माडीको हुलाकी सडकमा १२ वटा पुलहरु निर्माण भइरहेको हो ।
Post Views: 290