चितवन । माडी नगरपालिकाले भित्री बाटोहरु कालोपत्रेका लागि ६ करोड रुपैंया विनियोजन गरेको छ । नगरपालिकाद्वारा नवौं नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० का लागि भित्री सडक कालोपत्रे उक्त बजेट बिनियोजन गरिएको हो ।
नगर उपप्रमुख खेमप्रसाद महतोले प्रस्तुत गर्दै शिक्षा क्षेत्रको लागि ४ करोड ८० लाख; ज्येष्ठ नागरिक, बालबालिका, दलित, चेपाङ, अल्पसंख्यक, सिमान्तकृत समुदाय तथा आदिवासी जनजातीका लागि १ करोड ५० लाख; बिपद् प्रतिकार्य, राहत, क्षतीपूर्ति र पुनर्स्थापनाका लागि १ करोड रुपैंया छुट्याइएको बताए ।
यसैगरी, नगरको पर्यटन प्रवर्धनका लागि ७५ लाख, हनुमानझुला स्कुल कम्पाउण्डिङका लागि १० लाख र युवा तथा खेलकूद क्षेत्रको विकासका लागि २ करोड रुपैंया बजेट विनियोजन रहेको बजेट वक्तव्यमा उल्लेख रहेको छ ।
Post Views: 231