९० बर्षीय वृद्ध मृत अवस्थामा फेला

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

गुल्मीमा बुधबार दिउँसो घरबाट हिड्नुभएका  ९० बर्षीय  वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका –७ जोहाङ स्थित उल्लीखोला छेउमा चन्द्रकोट गाउँपालिका वडा ७ सोतामा बस्ने ९० बर्षीय नरहरी भण्डारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य , स्थानीय र प्रहरीले खोज्ने क्रममा शुक्रबार साँझपख  खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । भण्डारीको शवलाई  पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।

खोलाको किनारमा शब फेला परेकाले खोलाले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...