नारायणी नदी किनारमा एक पुरुषको शव फेला

चितवन। नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी किनारमा शनिबार विहान ९ बजे पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीले उक्त पुरुषको शव बगाई ल्याएको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थान तर्फ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले उक्त पुरुषको शव फेला पारेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search