समयमा काम नगर्ने १६ निर्माण कम्पनीको नाम सार्वजानिक, कारबाहि गर्ने चेतावनी

काठमाडौं। जानकी गाउँपालिकाका गाउँ कार्यपालिकाको कार्यालय बाँकेले समयमा काम नगर्ने १६ निर्माण कम्पनीको नाम सार्वजानिक गरेको छ। आज सूचना जारी गर्दै समयमा काम नगर्ने निर्माण कम्पनीको नाम सार्वजानिक गरेको हो।

कार्यालयले नाम सार्वजानिक गरेका निर्माण कम्पनीले र्साजानिक गरेको निर्माण कम्पनीले विभिन्न मितिमा खरिद सम्झौता गरी हाल निर्माणाधिन अवस्थामा रहेका योजनाहरुको हाल सम्मको कार्य प्रगति सन्तोषजनक नदेखिएको उल्लेख गरिएको छ।

आगामी आर्थीक वर्ष २०७९/८० मा उल्लेखित योजनाहरुको आर्थिक दायित्व समाबेश नहुने भएकाले चालु आर्थिक वर्ष भित्र सम्पन्न गरी फरफार गर्न सम्बन्धित निर्माण व्यवसायीलाई खरिद सम्झौता भित्रै समझौता बमोजिम निर्माण कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीको लागि पेश गर्न कार्यालयले अनुरोध गरेको छ।

तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएमा खरिद सम्झौता अन्त्य गरी आवश्यक कारवाहिको प्रक्रिया अगाडी बढाईने चेतावनी समेत कार्यालयले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search