महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका –७ स्थीत सुडामा बसले ठक्कर दिँदा साईकलमा सवार एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान महेन्द्रनगरबाट धनगढीतर्फ जादै गरेको ना ४ ख ८०७७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय की ३० वर्षीया विमला जोशीको मृत्यु भएको प्रहरीले बताएको छ । सडक पार गरिरहेको अवस्थामा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बस चालक भीमदत्त नगरपालिकाको –७ का ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनापछि स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन । राजमार्ग क्षेत्रमा पटक पकट चालकको लार्पबाहीका कारण दुर्घटना हुने गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन । प्रहरी सडक सुचारु गर्न प्रयास गरेपनि बव व्यवसायि समितिको मान्छे घटना स्थलमा नआएसम्म सडक अवरुद्ध गर्ने स्थानीयहरुले बताएका छन ।
