ईन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १९९ रुपैया

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं – नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू गरेका छन् ।

प्रतिलिटर पेट्रोल १९९ र डिजेल-मट्टितेल १९२ निर्धारण गरेका छन् । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत कायम रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल आयल निगमले इन्धनको मुल्य पटक पटक बृद्धि गरेको छ। रसिया युक्रेनको युद्धका कारण इन्धनको मुल्य बृद्धि भएको उल्लेख गर्दै विश्व बजारको प्रभावका कारण १९/०३ र हवाई इन्धनको मुल्य १९. ९१ ले बृद्धि भएको जनाएको छ।

निगमका अनुसार अझै मासिक रुपमा ४ अर्व ७० करोड धाटा रहेको जनाएको छ। असारसम्म ५०/५५ अर्ब रुपैया नोक्सानी हुने स्थिति देखिएको बताएको छ। विदेशी मुद्रा खर्च गरी मंहको मुल्यामा आयात गर्नु पर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विधुत लगायतका स्वदेशी उर्जाको खपत बढाउनु पर्ने राष्ट्रिय आवश्यकता आम उपभोक्ताहरुले मननगर्न समेत निगमले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...