हाम्रो संसार नवलपुरले दुर्घटनामा पिडित परिवारलाई गर्‍यो सहयोग हस्तान्तरण

नवलपुर । नवलपुरको कावासोतिमा हाम्रो संसार नवलपुरले दुर्घटना परि घाईते भएका परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार ४ गते शनिबारका दिन हाम्रो संसार नवलपुरको आयोजनामा कावासोति नगरपालिका वडा नं ८ थकाली चोक निवासी खेमराज सुवेदीलाई सहयोग हस्तान्तरण गरेको हो । दुर्घटनामा परि खुट्टामा गम्भीर चोट भएकोले उपचारका निम्ति आर्थिक अभावका कारण उपचारमा समस्या आएकाले हाम्रो संसार परिवार नवलपुर मार्फत कावासोती वडा नं ९ निवासी सन्तोष भुसालले स्व. निकेश बाबू कंडेलको सम्झना स्वरूप पिडित व्यक्तिको स्वास्थ्य उपचारार्थ कोषको लागि सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा हाम्रो संसार नवलपुरका अध्यक्ष पुजा श्रेष्ठ, सचीव सीता कुँवर साथमा हाम्रो संसारका सदस्यहरुको सहभागी रहेको थियो । हाम्रो संसारले नेपाल भरी अपांग , अशाह्य , अशक्त साथै गरिबिको निमित्त सेवा दिदै आएको छ ।

सँधै समाज सुधारका निमित्त भन्ने नाराका साथ खडा भएको हाम्रो संसारले २०७४ साल देखि देश भरी सेवा दिदै आएको छ जस अनुसार हालै मात्र नवलपुरको कावासोतिमा पनि दुर्घटनामा घाईते भएका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सो कार्यक्रमामा हाम्रो संसार नवलपुरका अध्यक्ष पुजा श्रेस्ठ, सचिव सुलोचना शर्मा , सह-सचिव शिखा कुँवर, सदस्य सुस्मा शर्मा र सल्लाहकार गोबिन्द सिग्देल साथै बुद्धिजीवी हरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष श्रेष्ठले हरेक दुखिहरुको निमित्त हाम्रो संसारले सबैलाई सहयोग गर्दै आएको र अवका दिनहरुमा पनि हरेक दिनदुखिहरुको निमित्त खडा हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search