दुई हप्तादेखि सिङ्गो गाउँमै खाने पानीको हाहाकार

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँमा दुुई हप्तादेखि खानेपानीको हाहाकार भएको छ। पानीको मुहानको श्रोत सुक्दै गएको कारण पानीको हाहाकार भएको हो।

श्रीनगर गाउँमा दुुई हप्तादेखि धारामा पानी आउने छोडेपछि स्थानीयलाई समस्या भएको अदानचुली गाउँपालिकाले जनाएको छ। दिनमा एक घण्टा जति थोरै पानी आउछ, त्यसमा स्थानीयलाई ग्यालेन लाईनमा राख्नुु पर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ।

पानी आउने अबधिसम्म पालो आए पानी भर्न पाउने नआए अर्को दिनको लागि कुर्नु पर्ने अबस्था छ। धाराबाट बढीमा सात वटा ग्यालेन भरिने गरेको छ। दिनमा एक पटक आउने पानी उक्त गाउँको खानेपानीको मुहान वडा नम्बर ५ को कालिकामा रहेको र मुहानमा पानीको श्रोत कम भएपछि खानेपानीको समस्या भएको हो।

खडेरीको कारण पानीको मुहान सुुके पछि पानीको समस्या हुन थालेको हो। उक्त खानेपानी योजनाका लागि गाउँपालिकाले भर्ना गरेका चौकीदारलाई पूनः म्याद थप गर्ने नगर्ने बारे निर्णय नहुँदा पनि पाईप लाईनबाट चुहिएको पानीको मर्मत गर्ने कार्य रोकिदा पनि समस्या थपिएको हो।

करिब आठ सय भन्दा बढी घरधुुरी भएको अदानचुली गाउँपालिका– २ र ३ वडाको श्रीनगर गाउँका स्थानीय धारामा पानी कम आउन थालेपछि एकघण्टा टाढाको खोलाबाट पैदल बोक्नुु पर्ने अवस्था रहेको स्थानीयले बताए। पानीको समस्या भएपछि धेरै समस्या हुँदै गएको स्थानीयको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...