सडकको खाल्टाखुल्टी समयमै मर्मत–सम्भार नहुँदा यात्रा जोखिमपूर्ण

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा परेका खाल्टाखुल्टी मर्मत–सम्भार नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । विगत लामो समयदेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा परेका ठुल्ठूला खाल्टाखुल्टीमा पानी जम्न थालेको छ।

घाम लागेको दिन धूलो उड्ने र पानी पर्दा खाल्डामा पानी जम्ने र हिलोको समस्या रहेको छ। सम्बन्धित निकायले ध्यान नदिँदा चालक तथा यात्रु र सडकनजिकको बस्तीलाई पनि समस्या पर्ने गरेको छ। सो राजमार्गअन्तर्गत बुटवल–नारायणगढखण्डमा खाल्डा परेसँगै दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको कावासोतीका स्थानीय सागर क्षेत्रीले बताए। राजमार्गको मुख्य बजार क्षेत्रमा पनि कालोपत्रे उप्किएर ठुल्ठूला खाल्डा बनेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार खाल्टाखुल्टीले दुर्घटना बढाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन मुख्य राजमार्गको खाल्डा समयमै पुरिनुपर्ने र उप्किएको सडक कालोपत्रे गर्दा राम्रो यात्रा सहज हुने बताए। यहाँको देवचुली, कावासोती, दुम्किबास, अरुणखोला, दाउन्ने, बर्दघाट, सुनवल बजारलगायत सयभन्दा बढी स्थानमा ठुल्ठूला खाल्टा रहेको उनले बताए।

राजमार्गमा खाल्डाले गर्दा सर्वसाधारणलाई हिँड्न र बाटो काट्नसमेत समस्या परेको स्थानीय गौरीशङ्कर न्यौपानेले बताए। यस समस्या समाधान गर्न सम्बन्धित निकायहरू मौन बसेको आरोप उनको छ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे बुटवल नारायणगढ सडकखण्ड थप निर्माण कार्यसँगै सडक डिभिजन कार्यालयले यसप्रति ध्यान दिनुपर्ने बताए। खाल्टाखुल्टीले आवतजावतमा समस्या परेकाले विकल्पका रूपमा अन्य सकडमार्ग नभएकाले बुटवल नारायणगढ सडकखण्ड निर्माणकार्यलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिए।

आजको गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...