स्कुटरसहित खोलामा खस्दा शिक्षिकाको बगाएर मृ’त्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ ।

तादी गाउँपालिका-४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार तादी-४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढको बा.९७ प ६९२५ नम्बर स्कुटर अनियन्त्रित भएर दुर्घ’टना भइ भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृ’त्यु भएको हो । घटनास्थलभन्दा ५०० मी। तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...