सपथग्रहण पछि देवचुलीका मेयर / उपमेयरको माला अबिरजात्रामै एक महिना बित्यो, आलोचना नै आलोचनाको बर्षात हुन सुरु भएको छ । २०७९ को स्थानिय तहको निर्वाचनमा बिजय हाँसिल गरेसँगै २०७९ जेष्ठ ६ गते समग्र मेयर उपमेयर साथै वडाध्यक्षहरुले सपथग्रहण गरि पद बहाली गरेका थिए । सपथग्रहण गरेको समयावधि पश्चात् १ महिना पनि नपुग्दै सामाजिक संजालहरुमा मेयर र उपमेयरका बिषयमा चर्चा परिचर्चा थुप्रीन थालेको छ ।
सामाजिक बिकाशको निमित्त अहिलेसम्म कुनै कदम नचालेको भन्दै सामाजिक संजालमा ट्रोल साथै आलोचना आउन थालेको हो । संजालमा सकारात्मक र नकारात्मक टिकाटिप्पणी चल्दै गर्दा स्वतन्त्र बाट मेयर भएका बालेन्द्र शाह र पुर्वि धरानका हर्क साम्पाङको कार्यशैली सँग देवचुलीका मेयरलाई दाँज्न थालेका छन । यसो त निर्वाचित भएसँगै नगरभित्रका समस्यालाई अवलोकन नगरेका भने होईनन तर बर्षैभरी अवलोकन मात्रै गर्ने कि समस्याको समधान पनि गर्दै जाने हो भन्ने कुरामा युवाहरु बिच बहस सुरु भएको छ ।
समस्या हरेक क्षेत्रमा यथावत नै छन तर तिनै समस्याहरुलाई बिस्तारै समधान गर्दै जाने हो भने आलोचना खेप्नुपर्ने पक्कै पनि थिएन तर दिनानुदिन बर्षाको समयमा सडकको समस्या, खोला नाला साथै केही क्षेत्रमा घरहरु डुबान हुन थालेका छन , यसो त पुर्व-पश्चिम राजमार्गको स्थिती नियाल्ने हो भने यो बर्षपनी अधिकांश क्षेत्रमा पहिरोले यात्रु अलपत्र हुने स्वतह देखिन्छ तर बैकल्पिक पद्दतिमा ती कुराहरुलाई तत्काल कार्यसुरु गर्नुपर्ने देखिएता पनि मेयरले चासो नदिएको भन्दै एक एक गर्दै सामाजिक संजालमा आलोचनाको भन्डार थुप्रीन थालेको छ ।