नवलपरासी जिल्ला नेपालको अटो हब बन्दै, महिन्द्रा र हुन्डाई कम्पनिको पनि चासो

नवलपरासी । चितवनसँगै जोडिएको नवलपरासी जिल्ला नेपालको अटो हब बन्ने भएको छ । विगत ५ वर्षदेखि सवारीसाधन उत्पादनमा जुटेको नवलपरासी अधिकांश ब्राण्डको रोजाइमा परेको छ नवलपरासीको रामग्राममा पहिलो पटक बजाजले एसेम्बल प्लान्ट लगाएको थियो । त्यसपछि यहाँ विभिन्न ब्राण्डले मोटरसाइकल तथा गाडी उत्पादनको प्लान्ट स्थापना गर्न आवश्यक जमिन खरिद गरेका थिए । अहिले चल्तीका ब्राण्ड होन्डा, यामाहा जस्ता ब्राण्डले यहाँ प्लान्ट स्थापनाको काम तीव्र गतिमा अगाडि बढाएका छन् । साथै, टीभीएसले पनि यही क्षेत्रमा नयाँ प्लान्ट लगाउन आवश्यक जमिन खरिद गरेको छ । त्यसैगरी, यही क्षेत्रमा महिन्द्रा र हुन्डाईले पनि प्लान्ट स्थापनाको योजना तयार गरेर आवश्यक जमिन किनिसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search