पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको विनयी त्रिवेणी १ मा पानीले डाईभर्सन बगाउँदा यातायात आवतजावत प्रभावित बनेको छ । राति करिब २ बजेको समयमा डाईभर्सन बगाएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।
अहिले बिहान ८ : १५ मा बाटो मर्मत गरि एक तर्फि रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय दुम्किबासका सई भवानी प्रसाद हमालले बताउनुभयो । डाईभर्सन बनाईएको बाटो मर्मतको काम चलिरहेकाले दुई तर्फि रुपमा यातायात सञ्चालन हुन केही समय लाग्ने उहाँले बताउनुभयो ।
Post Views: 396