नवलपुरमा फुड प्वाइजनका कारण ३१ विद्यार्थी अस्पतालमा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर । पूर्वी नवलपरासीमा फुट प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी भएका छन् ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा रहेको रिचर्ज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३१ जना विद्यार्थी विरामी परेका हुन् ।

उनीहरुको अहिले मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जनाएको छ ।

विहीबार विद्यालय भित्रै रहेको खाजा घर क्यान्टिनमा चाउमिन खाजा खाएका करिब २ सय जना विद्यार्थी मध्ये १९ जना छात्र र १२ जना छात्रा गरी ३१ जना विद्यार्थी विरामी परेका हुन् ।

खाजा खाए लगतै वान्ता गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल ल्याइएको हो । अहिले विद्यार्थीहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...