चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका छन्।
केहि समयअघि न्यूज २४ छाडेर ग्यालेक्सी फोरकेमा लामिछाने म्यानेजिङ डाइरेक्टरका रुपमा आवद्ध थिए । हाल उनले सो टेलिभिजन पनि छाडेका छन् ।
उनी राजनीतिमा प्रवेश गर्न टेलिभिजनबाट राजीनामा दिएको उनी निकट स्रोतले बताएको छ । उनी कुनै दलबाट या स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जाने भन्ने टुङ्गो लाई नसकेको बताइएको छ।
सञ्चारकर्म छाडेर राजनीतिम होमिने निर्णय गरेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका छन् ।
ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताए ।
उनले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएको भन्दै राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताए । उनले राजनीतिमा लागिसकेपछि प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य हुने संकेत गर्दै आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताए ।
‘जनताका विषयहरूमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको मान्छे अब उत्तर दिने ठाउँमा जान खोज्दैछु । अब प्रश्न होइन उत्तर खोज्न राजनीतिबाट योगदान गर्नेछु’, लामिछानेले भने ।
उहाले संचालन गर्दै आएको कार्यक्रम सिधाकुरा, उहाको सहयात्री युवराज कंडेललाई सुम्पनु भएको छ।