आँबुखैरेनीको रुवाखोला पुलबाट मिनी टिप्पर खस्दा चालकको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

तनहुँ । जिल्लाको आबुँखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित पृथ्वीराजमार्ग सडक खण्डको रुवाखोला पुलबाट मिनी टिप्पर खस्दा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान मुग्लिनबाट आबुँखैरेनीतर्फ आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा टिप्पर चालक जिल्ला तनहुँ, म्यादे गाउँपालिका ६ मनपाङ का ४७ वर्षीय • रामबहादुर दमै रहेको प्रहरी नायब उपरीक्षक • युवराज खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनापश्चात् गम्भीर घाइते भएका दमैलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो । उनको उपचारको क्रममा बिहान ६:१० बजे मृत्यु भएको

हो।

दुर्घटना बिहीबार बिहान साढे चार बजे भएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...