निजगढ विमानस्थल निर्माण यथाशीघ्र सुरु गर्न निर्देशन

काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गठित उपसमितिले तयार पारेको प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो।

समितिले नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न उपसमितिको गठन गरेको थियो। उक्त उपसमितिले तयार पारेको प्रतिवेदनमा निगजढ विमानस्थलबारे ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने’ भनिएको छ।

समितिले विमानस्थल निर्माण स्थल नजिकैका बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन पछि तयार पारेको प्रतिवेदनलाई आधार मान्दै सरोकारवाला निकायबाट आएका सुझाव समेत कार्यान्वयनमा लैजान समेत सरकारलाई निर्देशन दिएको छ ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले काम अघि नबढाउन फैसला गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search