चितवन ३१ जेठ । नारायणगढ मुग्लिन सडक खण्ड अहिले एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । इच्छाकामना गाउँपालिका ६ को नाम्से खोलामा वर्षका कारण पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।
बिहान ५ बजे पहिरो गएपछि दुवै तर्फ सडक अवरुद्ध भएको थियो । प्रहरिको सहकार्यमा उक्त बाटोमा अवरुद्ध भएको पहिरो हटाई एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सो सडकखण्डमा हरेक वर्ष वर्षायाममा समयमा पहिरो खस्दा बाटो अवरुद्ध हुंदा यात्रत्रुहरुले सास्ती खेप्दै आएका छन् ।
Post Views: 499