नवलपुर जेसीजको आयोजनामा संसदिय बैठक प्रणाली तालिम सम्पन्न

नवलपुर,जेठ ३० । नवलपुर जेसीजको आयोजना तथा देवचुली, रजहर, गैडाकोट र प्रस्तावित बुलिङटार जेसीजको सहआयोजनामा आइतबार बहुशाखा संसदिय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । कावासोतीको नयाँथाली होटल एण्ड लजमा आज बहुशाखा संसदिय बैठक प्रणाली तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा कावासोती नगरपालीका नगर प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतित्थता एवम् नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुसालको अध्यक्षतामा रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसाललले आउँदो असारको नगरको निति तथा कार्यक्रममा जेसीजका योजनालाई सहयोग गर्ने बताउनुभएको । युवाको नेत्तृव विकास,समाजीक कार्यकमा अग्रसर संस्था जेसीलाई सदै आफु कटिबद्घ भएर सहयोग गर्ने बताउनु भयो ।

तालिममा प्रशिक्षकका रुपमा भैरहवा जेसिसका पुर्व अध्यक्ष सन्जिव शर्माले प्रशिक्षण गर्नु भएको थियो ।

विभिन्न जेसीज शाखाका पदाधिकारी, रोट्राक्याक क्लबका सदस्यहरुलाई दिएको संसदिय बैठक प्रणाली तालिमको प्रशिक्षण सिद्घार्थ जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्षका सल्लाहाकार सिनेटर सञ्जिव शर्मा रेग्मीले गर्नुभएको थियो ।

तालिममा सहभागीलाई बैठक के हो ?,बैठक कसरी गर्ने ?बैठकका लागि कुनकुन तत्वको आवश्यकता पर्द्छ? बैठकको नियम के र सफल बैठक आयोजना कसरी गर्ने भन्ने कुराको प्रशिक्षण दिनुभएको थियो ।

नवलपुर जेसीजका संस्थापक अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले १८ देखी ४० वर्षका युवाहरुको संस्था जेसीजले युवाका नेतृत्व विकास र समाजका लागी काम गर्नेभएकोले नगरपालिकालाई भोलिका दिनमा जेसीजलाई आवश्यक पर्ने सहयोग लागी समेत अनुरोध गर्नेभएको थियो ।

तालिममा सहभागीेले राम्रो कुरा सिकेको र अहिले सम्म भएको कमि कमजोरी सुधार गर्दै आजबाट सिकेका कुरा व्यबहारमा उतार्ने बताएका थिए ।

नवलपुर जेसीका पुर्व अध्यक्ष ओम प्रकाश पौडेल,नारायण प्रसाद न्यौपाने, छिमेकी नारायगण,गितानगर,प्रस्तावित देवघाटधाम,माडी जेसीजका शाखा अध्यक्षहरुको कार्यक्रमा उपस्थिति रहेको थियो ।

देवचुलि जेसीजका अध्यक्ष दुर्गा देवी विष्टको स्वागत मन्तव्य रहेको कार्यक्रमकोे संयोजक नवलपुर जेसीजका कार्यकारीणी उपाध्यक्ष अनु सिग्देल रहुनभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search