नवलपरासीमा बस दुर्घटना चालकसहित ७ जना घाईते

पश्चिम नवलपरासीको प्रतापपपुर गाउपालिका वडा न ९ बेलाटारीकाे गण्डक नहरकाे सडक मा बस दुर्घटना भएकाे छ ।

त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ख ३०८५नम्बर काे मिनिबस सडकबाट ३०फिट तल खसेकाे छ ।

दुर्घटनामा परि चालक बर्दघाट नगरपालिका बस्ने ५२बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत घाईते भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए।

घाईतेहरुकाे सहिद स्मृति सामुदायिक अस्पताल चाैपतामा उपचार भईरहेकाे बताईएकाे छ ।बसमा ३१जना यात्रु सवार रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search