वाइपास रोडमा पल्टिएको क्लिंकर बोकेको ट्रिपर हटाइदै

भरतपुर, २९ जेठ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर वाइपास रोडमा पल्टिएको ट्रिपरलाई सडकबाट हटाउने भएको छ । खानेपानी व्यवस्थापन बोर्ड अगाडी शनिबार राती ८ बजेतिर पल्टिएको क्लिंकर बोकेको ट्रिपरका धनी सम्पर्कमा आउन ढिलाई गरेपछि ट्राफिक र प्रहरी मिलेर हटाउन लागेका हुन् ।

हेटौडाबाट धादिङ जादै गरेको ना ७ ख ४६३६ नम्बरको ट्रिपर अनियन्त्रित भएर वाइपास सडकमा पल्टिएको थियो । ट्रिपर पल्टिएपनि मानवीय क्षती भने भएको छैन । ट्रिपर सिमेण्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ क्लिंकर बोकेर आउदै गरेको थियो । ट्रिपर पल्टिएको ठाउँमा बाटो बन्द लेखिएको बोर्डहरु राखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले केहीबेरमै ट्रिपरलाई सडकबाट हटाइने बताउनुभयो । “ट्रिपर धनी आउन ढिलाई भएपछि अब हामीलेनै हटाइदिने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “चालक प्रहरी नियन्त्रणमा छन्, बाटो अवरोध छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search