गैंडाकोटको तमन्ना खाजा घरले सुरु गर्यो सार्वजनिक शौचालय

एकल यात्री प्रकाश, गैंडाकोट। नवलपुरमा पनि यात्रुहरुकोलागी सार्वजनिक शौचालय संचालनमा आएको छ । काठमाण्डौ महानगरका मेयर बालेन शाहले होटल / रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचालय सार्वजनिक प्रयोगका लागि खुला राख्न आह्वान गरेअनुसार देशभरका विभिन्न संस्थाले आफ्ना शाैचालयलाई सार्वजनिक शाैचालय बनाउन थालेका छन् ।

बालेन शाहको सकारात्मक कार्यलाई सपोर्ट र सम्मान गर्दै नवलपुरको गैंडाकोटमा पनि तमन्ना रेस्टुरेन्टले यात्रुहरुको निमित्त आफ्नै रेस्टुरेन्टमा प्रयोगमा आउने शौचालयलाई सार्वजनिक शौचालयको रुपमा घोषणा गरेका छन । नवलपुरको गैंडाकोट २ स्थित नारायणी नदिको नजिकै भृकुटिचोक अगाडी रहेको तमन्ना रेस्टुरेन्टले शुक्रवार देखि आफ्नो रेस्टुरेन्टमा रहेको शौचालयलाई सकारात्मक र बालेन शाहको सपोर्टमा सार्वजनिक शौचालय घोषणा गरेको हो ।

रेस्टुरेन्ट संचालक ध्रुव न्यौपानेले देशको बिकाश कार्यमा बालेन शाहले गरेको भुमिकामा आफुले पनि सम्मान स्वरुप यात्रुहरुलाई सुबिधा दिन पाउँदा खुसी रहेको बताएका छन । नवलपुरमा सबैको सोच र बिचार बालेन कै शैलिमा रहोस भन्दै आफुले सुरुवात गरेको रेस्टुरेन्ट संचालक बताउछन । चल्न त पहिले पनि चल्थ्यो जहिले देखि बालेन शाहको समर्थन गरि सार्वजनिक शौचालयको बोर्ड राखियो त्यसपछी भने झनै धेरै ग्राहक हरुलाई सेवा दिन पाईएको छ, उनले बताए । गैंडाकोट भृकुटी कागज कारखाना अगाडि पुर्व पश्चिम महेन्द्र राजमार्गको सतहमा रहेको उक्त रेस्टुरेन्टमा अहिले भिड लाउन थालेको छ । मान्छे मन सफा राखे हरेक क्षेत्रबाट पनि देश बिकाशमा सहयोग गर्न सकिने न्यौपाने बताउछन । अहिले काठमाण्डौँ सहितका विभिन्न जिल्लाहरूमा यो अभियान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search