गैंडाकोटमा उपप्रमुख नेतृत्वको निर्माणाधिन योजनाको अनुगमन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

गैंडाकोट । उप प्रमुख नेतृत्वको नगर स्तरिय अनुगमन समितिले गैंडाकोटका विभिन्न वडाका निर्माणाधिन योजनाको अनुगमन गरेको छ गैंडाकोट वडा नम्बर १३, १४, १६ र १७ का निर्माण हुँदै गरेका सडक, कृषि, डिप बोरिङ र विद्यालयको अनुगमन गरेको हो ।

गैंडाकोट १३ को १० लाख बराबरको बाटो ग्राबेल, गैंडाकोट १४ को दीपज्योति आधारभुत विद्यालयको राष्ट्रपति सुधार आयोजना अन्र्तगत १८ लागतको दुइकोठे पक्की भवन, गैंडाकोट १६ को १५ लाखको डिप बोरिङ, गैंडाकोट १७ को लागत सहभागिताका २ वटा बाटो अनुगमन गरिएको योजना शाखा प्रमुख लिलाधर शर्माले जानकारी दिनुभयो ।

अनुगमन समितिका संयोजक एवम् उपप्रमुख शान्ति कोइरालाले गुणस्तर कायम गर्ने बिधि भएकाले सबै संयन्त्रबाट अनुगमन भइरहेको बताउनुभयो । उहाँले अनुगमन गर्दा काम मापदण्ड अनुरूप नै भएको पाईएको बताउँदै केही सुधार गर्नुपर्ने पक्षमा सुझाव दिईएको बताउनुभयो । अनुगमनमा समिति सदस्य, जनप्रतिनिधि, नगरपालिकाका ईन्जिनियर र उपभोक्ता समितिका पदाधिकारी सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...