गैंडाकोट देखि पोखरा जोड्ने सडक निर्माणको खोजिमा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

पोखरा जोडिनका लागि गैँडाकोटदेखी पाल्पाको कालिगण्डकी कोरिडोरलाई विकल्पका रुपमा हेरिएको छ । मुग्लिन–आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा बाटो एकतर्फी सञ्चालनमा रहेको छ । सडकमा घण्टौँ रोकिनुपर्दा यात्रुहरुले अर्को बाटो हुँदै यात्रा गर्न थालेका छन् ।

नारायणगढ पुलचोकदेखी २ किलोमिटर पश्चिम गैँडाकोटको कालिगण्डकीचोकदेखी ढोडेनी हुँदै पाल्पा रामपुर पिपलडाँडा हुँदै यात्रा गर्न सकिने छ । कालिगण्डकी कोरिडोर निर्माणका क्रममा रहेको छ । कालिगण्डकी चोकदेखी ढोडेनीसम्म करिब ५ किलोमिटर कच्चि सडक त्यसपछि करिब ४ किलोमिटर कालोपत्रे गर्ने तयार अवस्थामा रहेको छ । भोक्रोफाँटदेखी कालोपत्रे सडकमा यात्रा गर्न सकिने गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । अहिले पनि नियमित यात्रुबाहक बस सञ्चालनमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रामिण सडक हो, वर्षामा केही समस्या हुन सक्छ तर अहिले नियमित यात्रुबाहक बस सञ्चालनमा रहेका छन् ।’

ढोडेनी क्षेत्रमा रुख कटानमा केही समस्या रहेका कारण कोरिडोरले पूर्णता पाउन सकेको छैन । यद्यपी कोरिडर सहज र विकल्प मुग्लिन पोखराको विकल्प हुने यात्रु एवं चालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...