चितवनको टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

चितवन – चितवनमा एक जना पुरुष मृत भेटिएका छन् । जिल्लाको भरतपुर महानगरपालिका १२ स्थित टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शनिबार) बिहान ८ बजे उक्त जङ्गलमा भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मृतकको नाम गोप्य राखेको छ ।

मृतकले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ ।शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search